बिहीबार, १३ चैत्र, २०८१

तेह्रथुमको चुहानडाँडाको हात्तिखर्कमा आगोलागि; आगलागीबाट १४ घर जलेर नष्ट

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १२ फाल्गुन, २०७९

तेह्रथुमको चुहानडाँडाको हात्तिखर्कमा आगोलागि; आगलागीबाट १४ घर जलेर नष्ट

तेह्रथुम।तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडाको हात्तिखर्कमा आगलागीबाट १४ घर जलेर नष्ट भएको छन् । आगलागीमा धेरै क्षति भएको प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि आगलागी भइरहेको छ।

चुहानडाँडा प्रहरी चौकीले दिएको जानकारी हालसम्म ७ वटा घर जलेर नष्ट भएको छ। फक्चुवाखोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार बाट आज अपराह्न गाउँको पुछारमा रहेको सामुदायिक वनमा सल्किएको थियो । सो आगो हात्तिखर्क गाउँको बस्तीसम्म फैलिएको प्रहरीले जनाएको छ ।

आगो निभाउने कार्यमा सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेको उनले बताए । झाडीजंगल धेरै रहेको हुँदा आगो नियन्त्रणमा कठिनाइ भएको छ।पानीसमेत नभएकाले स्याउलाको मद्दतले आगो निभाउने कार्य भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । सबै जना आगो निभाउने कार्यमा खटिकाले आगलागी पीडितको विवरण लिन केही समय लाग्ने चुहानडाँडा प्रहरी चौकीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif