राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १७ फाल्गुन, २०७९
नेकपा एमालेको प्रस्तावमा संघीयताको ५ वर्ष लामो प्रयासपछि प्रदेश १ ले नाम टुंगो लागेको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।
सत्तारुढ दल नेकपा एमाले, माओवादी केन्द्र, र राप्रपा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले कोशीको पक्षमा मतदान गरेका छन्। बुधबार साँझ भएको मतदानमा कोशीको पक्षमा ८२ मत खसेको थियो भने विपक्षमा जम्मा ४ मत परेको छ । एकीकृत समाजवादीका चार सदस्यले विपक्षमा मत हालेका थिए।
प्रदेशको राजधानी भने पहिलो कार्यकालमै तोकिएता पनि विवाद का कारण प्रदेशको नाम तोकिएको थिएन। २३ वैशाख २०७६ मा प्रदेशसभाले स्थायी राजधानी विराटनगर तोकेको यो पटक नेकपा एमाले र नेपाली कांग्रेस प्रदेश को नाममा कुरा मिलेपछि कोशी नाम अनुमोदन हो।