मंगलवार, १८ मंसिर, २०८१

advertisement_1730215456.gif

अब देखि जनकपुर–जयनगर रेल दैनिक चारपटक

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २ बैशाख, २०८०

अब देखि जनकपुर–जयनगर रेल दैनिक चारपटक

जनकपुरधाम । नयाँ वर्ष २०८० सालदेखि दैनिक दुईपटक चल्दै आएको जनकपुर–जयनगर रेल सेवा शुक्रवार बैशाख १ देखि दैनिक चारपटक चल्न थालेको छ । नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले दैनिक ४ पटक सेवा विस्तार गरेको हो ।

अब जनकपुरधामको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्ने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

नेपाल रेल्वे कम्पनीका अनुसार जयनगरबाट रेल जनकपुरधाम कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे प्रस्थान गर्ने समेत जनाएको छ।

यसअघि १० बजे जनकपुरधामबाट हिँड्ने रेल साढे ११ बजे जयनगर पुग्ने र फेरि दिउँसाे ३ बने जनकपुरधामका लागि छुट्ने समय तालिकाका कारण यात्रुलाई किनमेल (भारतीय बजार) का लागि समेत समय अभाव हुने गरेकोले अब देखि दैनिक ४ पटक चल्‍ने बताइएको छ।

 

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg