मंगलवार, २८ आश्विन, २०८२

भोलिदेखि ७२ घण्टा नेपाल भारत सीमा बन्द हुदै

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ६ बैशाख, २०८०

भोलिदेखि ७२ घण्टा नेपाल भारत सीमा बन्द हुदै

बारा । वैशाख १० गते हुने उपनिर्वाचन लागि नेपाल भारत सीमा नाका बन्द हुने भएको छ । बारा जिल्लासँग जोडिएका नेपाल भारतका सीमा नाका बिहीबार रातिदेखि ३ दिन अर्थात ७२ घण्‍टाका लागि बन्द हुने भएको हो। 

उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दुष्टिगत गरी स्थानीय प्रशासन ऐन २०२८ को प्रावधान अनुसार आदेश जारी गर्दै बारा क्षेत्र नं.२ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूर्ण राजमार्ग ९ गते राती १२ देखि  १० गते साँझ ७ बजेसम्मका लागि सम्पूर्ण आवागमन बन्द गरिने बाराका प्रमुख जिल्‍ला अधिकारी नवराज सापकोटाले बताएका छन।

वैशाख १० गते निर्वाचनको दिन एम्बुलेन्स, दूध तथा औषधी बोकेका सवारी, खानेपानीका ट्याकर, दमकल, दूरसञ्चार, शव वाहन, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा ,कूटनीतिक नियोगका सवारी र अनुमति प्राप्त बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको समेत प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिएका छन् ।

यस्तै जिल्ला सुरक्षा समितिको बैठकले मंगलबारदेखि १० गतेसम्म जिल्ला भरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ । 

advertisement_1676553908.gif