बिहीबार, २८ फाल्गुन, २०८२

ग्यास बुलेट पल्टेर अवरुद्ध भएको महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १६ पुष, २०८२

ग्यास बुलेट पल्टेर अवरुद्ध भएको महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

२०८२ पुष १६, रौतहट । मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो । 

बाटोबाट बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको थियो ।

यसअघि साना सवारीसाधन चन्द्रनिगाहपुर–गौर वैकल्पिक बाटो प्रयोग गरेका थिए । बाटोबाट बुलेट हटाउन छ वटा क्रेन प्रयोग गरिएको थियो ।

advertisement_1676553908.gif