मंगलवार, २८ आश्विन, २०८२

जनकपुर–जयनगर रेलमा ठोक्किएर १ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २३ असार, २०८२

जनकपुर–जयनगर रेलमा ठोक्किएर १ जनाको मृत्यु

२३ असार २०८२, जनकपुर । जनकपुरधाम जयनगर रेलमा ठोक्किएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका २ सिनरजोडा बस्ने विकरु साहको ४५ वर्षीय छोरा बिनोद साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सोमबार दिउँसो १२:३० बजेको समयमा धनुषाको औरही गाउँपालिका–२ देउरी प्रवाहास्थित रेलको लिगमा ठक्कर लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिए ।

जनकपुरधामबाट जयनगरतर्फ गइरहेको रेलको ठक्करबाट मृत्यु भएका साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

advertisement_1744958411.jpg