राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १४ पुष, २०८२
२०८२ पुष १४ जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले हालै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एकीकरण भएपछि पार्टी शक्ति प्रदर्शन गर्न आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ। पार्टी अध्यक्ष उपेन्द्र यादवले भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
जनकपुरको तिरहुतिया गक्षीमा बिहान ११ बजे हुने भनिएको बैठकमा करिब २०,००० सहभागीलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ । यद्यपि, मधेशभरि कडा चिसो मौसमले दैनिक जीवन प्रभावित पारेकाले उपस्थिति भने कम हुने अनुमान गरिएको छ। धेरै स्थानीय तहहरूले १६ गतेसम्म विद्यालयहरू बन्द गरेका छन् र सार्वजनिक आवागमनमा उल्लेखनीय कमी आएको छ ।
यसैबीच, पूर्वमन्त्री तथा सह-अध्यक्ष रेणु यादव लगायत केन्द्रीय समितिका अधिकांश सदस्यहरू जसपा नेपाल फर्कदैछन् । पार्टी स्रोतहरूले समूह आज काठमाडौँमा औपचारिक रूपमा पार्टीमा पुन: सामेल हुने बताएका छन् ।