सोमबार, ११ कार्तिक, २०८२

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनाल नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २९ आश्विन, २०८२

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनाल नियुक्त

 २०८२ असोज २९, काठमाडौं । मधेस प्रदेशको चौथो मुख्यमन्त्री लोसपाका प्रदेश सांसद जितेन्द्र सोनाल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) अनुसार बुधबार सोनाललाई मुख्यमन्त्रीको पदमा औपचारिक रूपमा नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री सोनालले प्रदेश प्रमुखको कार्यालयबाट आफ्नो नियुक्ति पत्र प्राप्त गरेका छन् ।

उनले आज ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गरेका थिए।

advertisement_1680627706.gif