राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ५ भाद्र, २०८२
२०८२ भदौ ०५, काठमाडौं । मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरिएको छ ।
प्रदेश प्रमुखले भदौ १२ गत्ते बिहीबार १ बजे मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको हुन् ।
बिहीबार (आज) प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको भदौ ०४ गते बसेको बैठकले प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गर्ने निर्णयानुसार सिफारिस भई आएको अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले भदौ १२ गत्ते बिहीबार १ बजे मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको जानकारी दिएको छ ।