बिहीबार, २८ फाल्गुन, २०८२

मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २ पुष, २०८२

मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु

२०८२ पुष ०२, जनकपुर । मधेश प्रदेश सभाको सभामुख पद चयन गर्नका लागि प्रक्रिया सुरु भएको छ ।

आज (बुधबार) बसेको प्रदेश सभाको बैठकमा उपसभामुख बबिता राउत इशरले रिक्त रहेको सभामुख पदका लागि चयन प्रक्रिया अगाडि बढाइएको जानकारी गराएकी छन् । उपसभामुख राउतले आगामी पुस ६ गते आइतबार सभामुख पदका लागि निर्वाचन हुने जानकारी दिएकी छन् ।

उनले मधेश प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालालाई सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना पुस ५ गत्ते प्रकाशन गर्न निर्देशन समेत दिएकी छन् । गत मंसिर ३ गत्ते तत्कालिन सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाभियोग बहुमतले पारित भएदेखि सभामुखको पद रिक्त रहेको थियो ।

प्रदेश सभाको बैठक पुस ४ गत्ते शुक्रबार दिउँसो ४ बसेसम्मका लागि स्थगित भएको छ ।

advertisement_1676551694.gif