राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २ असार, २०८१
काठमाडौँ, असार १ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब रुपैयाँको बजेट ल्याएको छ । शनिबार प्रदेशका अर्थमन्त्री भरत साहले प्रदेश सभाको बठैमा बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा करिब १ अर्ब कम बजेट ल्याएको छ । सरकारले प्रदेश सभामा आगामी वर्षका लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँ को बजेट विनियोजन गरेको बताए ।
प्रदेश सरकारले ल्याएको बजेटमध्ये चालू खर्चतर्फ १६ अर्ब ७ लाख १ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ राखिएको छ ।