बिहीबार, २८ फाल्गुन, २०८२

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २२ मंसिर, २०८२

मधेश प्रदेशमा  मन्त्रिपरिषद् विस्तार

२०८२ मंसिर २१, काठमाडौँ । मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा प्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको  हो।

जसमा जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवलाई अर्थ ,नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादीका कनिष पटेललाई विना विभागीय मन्त्रीको शपथ लिएका छन्।

संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गरिएको छ।थप मन्त्रालयहरूमा सहमति जुट्न नसकेको कारण तत्कालका लागि मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताइएको छ।

advertisement_1676551646.gif