मंगलवार, १८ मंसिर, २०८१

advertisement_1730215456.gif

मधेशमा ढल्यो सरकार, मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २३ जेष्ठ, २०८१

मधेशमा ढल्यो  सरकार, मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत

जनकपुरधाम । आज मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा विश्वासको मत लिन सकेनन् । सहभागी १०३ सांसदमध्ये ५० जनाले पक्षमा र ५३ विपक्षमा मतदान गरेका थिए । सभामुख रामचन्द्र मण्डलले बहुमत नपुगेको भन्दै प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए । फलस्वरूप  जनता समाजवादी पार्टीको नेतृत्वको सरकार ढल्यो ।

अहिलेको नयाँ सत्ता गठबन्धनले मधेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेका थिए । जनमत पार्टी, नेकपा माओवादी र नेकपा एमाले सम्मिलित केन्द्रीय गठबन्धनले नयाँ सरकार बनाउने तयारी गरेको छ । माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादीले यादवको विपक्षमा मतदान गरे पनि सरकारमा जाने निर्णय भने हुन सकेको छैन । महन्थ ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादीले नेपाली कांग्रेससहित यादवलाई समर्थन गरेको थियो ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg