शुक्रबार, ३१ जेष्ठ, २०८२

मधेशमा मन्त्रिपरिषद् विस्तार ।माओवादी सरकारबाट बाहिरियो।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ९ जेष्ठ, २०८०

मधेशमा मन्त्रिपरिषद् विस्तार ।माओवादी सरकारबाट  बाहिरियो।

जनकपुरधाम।मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद बिस्तार गरेका  छन् ।मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर सरकार विस्तार गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार र वीरेन्द्रकुमार सिंह स्वास्थ्यमन्त्री भएका छन् ।एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था तथा कृषि भएका छन्।त्यस्तै जनमत पार्टीको भूमि व्यवस्था तथा कृषि मन्त्रालय खोसिएको छ।  यो संगै  मधेश प्रदेश सरकारको प्रमुख घटक माओवादी(केन्द्र) सरकारबाट बाहिरिएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव सहमतिअनुसार नचलेको भन्दै माओवादी(केन्द्र)ले मधेश प्रदेश सरकारबाट आफ्ना एक मन्त्री र एक राज्यमन्त्रीलाई मंगलबार फिर्ता बोलाएको हो । माओवादीका  अनुसार मुख्यमन्त्री यादवले गठबन्धनमा भएको सहमतिलाई पालना नगरी आफूखुसी मन्त्रीमण्डल पुनर्गठन गरेपछि पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

मुख्यमन्त्री यादवले मंगलबार कांग्रेस, नेकपा (एस)का मन्त्रीलाई शपथ गराउने तयारी गरेपछि सत्ता गठबन्धनमा रहेका माओवादी, जनमत र लोसपा मिलेर संयुक्त बैठक गरेर  सरकारबाट बाहिरिने ,मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिने लगाएतका विषयमा  छलफल भइरहेको बताइएको छ। 

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif