राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २४ पुष, २०८२
पुस २४, २०८२ काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (तत्कालिन नेकपा माओवादी) का नेता तथा मधेश प्रदेशसभा सदस्य रहवर अन्सारीले पार्टीबाट राजीनामा दिएका छन्।
अन्सारीले बिहीबार नेकपा संयोजक पुष्पकमल दाहाललाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । पार्टीमा इमान भन्ने कुरा नरहेको भन्दै यो विरोधाभासको हिस्सा आफू बन्न नसक्ने राजीनामापत्रमा उल्लेख गरेका छन् । दाहाललाई सम्बोधन गरेको पत्रमा हिन्दी सायरीसमेत समेटेका छन् ।जुन सायरी प्रचण्डले मधेसमा भएको नेकपा एकता संदेश सभामा भनेका थिए।
राजीनामापत्रमा भनिएको छ,'यो गीत अब तपाईंको स्मृतिमा मात्र बाँकी छ।साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ भन्दै उनले म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु पातमा भनेका छन्।
अन्सारी २०७९ को प्रदेशसभा निर्वचनमा पर्सा १ (१) मा माओवादी केन्द्रबाट विजयी भएका थिए ।