मंगलवार, २८ आश्विन, २०८२

प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय ७० करोडको योजना

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १९ जेष्ठ, २०८२

प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय ७० करोडको योजना

१८ जेठ २०८२, जनकपुर । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आईतबार मधेश प्रदेशको राजधानी जनकपुरधामबाट एकैपटक ६४ वटा सडक शिलान्यास गर्ने भएका छन् ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले डिजिटल माध्यमबाट ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच (पाँच किलोमिटरका पक्की सडक ) शिलान्यास गर्ने तयारी गरिएको छ ।

भौतिक पूर्वाधार मन्त्री सञ्जय यादवका अनुसार कुल ३२० किलोमिटर लम्बाइका सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भइसकेको छ । साढे ५ मिटर चौडाइका ती सडक निर्माणमा कुल लागत १२ अर्ब ७० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

विश्व बैंकको सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत हाल १९८ किलोमिटर कालोपत्रे सडक निर्माण, ३२६ किलोमिटर बृहत मर्मत र १००० किलोमिटर नियमित मर्मत सम्भारको योजना समेत अघि बढाइएको छ ।

प्रादेशिक सडक संजाल गुरुयोजना अन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरण अन्तर्गतको यो विकास आयोजना सुरु हुन लागेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताएका छन् ।

प्रादेशिक क्षेत्रबाट निर्वाचित सांसदहरुको सिफारिसका आधारमा सडकको छनौट गरिएको र सर्वदलिय सहमति अनुसार कार्यक्रम गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले बताएका छन् ।

advertisement_1744958411.jpg