मंगलवार, २८ आश्विन, २०८२

प्रधानमन्त्री ओलीद्वारा परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १० श्रावण, २०८२

प्रधानमन्त्री ओलीद्वारा परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन

९ साउन २०८२, बारा । प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । 

प्रधानमन्त्री ओलीले आज यहाँ आयोजित एक कार्यक्रमबीच भवनको उद्घाटन गर्दै गाउँपालिकाको प्रशासनिक भवन बनेसँगै यहाँका सेवाग्राहीले सहज र सरल ढङ्गले कार्यालयको सेवा प्राप्त गर्नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले भवनको निर्माणको सुरूआतदेखि निर्माण सम्पन्न हुने चरणसम्म खटिने पालिकाका जनप्रतिनिधिसहित कर्मचारी र इञ्जिनियरहरूको पनि खुलेर प्रशंसा गरे। प्रधानमन्त्री ओलीले मुलुकभर विभिन्न सरकारी कार्यालयको भवन निर्माण हुने कार्य द्रूत गतिमा अघि बढिरहेको जानकारी दिए ।

परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले भवन भवन निर्माण भएसँगै जनताले पाउने सेवामा थप सरल र सहज हुने बताए । ‘विगतमा भाडाको भवनमा कार्यालय सञ्चालन हुँदै आइरहेको थियो’, उनले भने, ‘कार्यालयको आफ्नै भवनबाट सेवा प्रवाह गर्दा पक्कै सेवाग्राहीले सहज ढंगले सेवा प्राप्त गर्न सक्नुहुनेछ।’ 

परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्नासाह रौनियारले पालिकाले आन्तरिक स्रोतबाट रु तीन करोड २५ लाख ५१ हजार रकम खर्चेर भवन सम्पन्न गरेको बताए ।

भवन निर्माण विसं २०७७ मा सुरू गरिएको थियो ।

advertisement_1676551646.gif