मंगलवार, २८ आश्विन, २०८२

रुबी साहको हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ११ भाद्र, २०८२

रुबी साहको हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

२०८२ भदौ ११, रौतहट । रौतहटमा बन्द सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबी साहको हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ ।

जलेको अवस्थामा प्रहरीले पक्राउ गरेका उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

पासवानले आफैंले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका थिए । उनलाई माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा आगो लगाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

आत्मदाह गर्नु अघि बनाएको भिडियोमा पासवानले रुबीको हत्या गरेको स्वीकार गरेका थिए ।

advertisement_1676551694.gif