राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ९ फाल्गुन, २०८२
२०८२ फागुन ०९, रौतहट । रौतहटमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार, शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश जारी गरिएको हो । गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
रौतहटमा हिन्दु र मुस्लिम समुदायको बिचमा विवाद भएपछि सदरमुकाम गौर तनावग्रस्त भएको छ । ३ दिनअघि जन्ती गएका हिन्दु समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि विवा'द सुरु भएको थियो ।
शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिन बेलुकी करिब चार दुवै समुदायका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल गरेर सहमति गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले ६ बुँदे सहमति गरेको बताए पनि शनिवार बिहानदेखि विवाद सुरु भई झडप भएको थियो। झडप हुँदा ६जना घाइते भएका छन् ।
उता प्रहरीतर्फ पनि दुई जना घाइते भएका छन् । प्रदर्शनकारीले भारतीय नम्बर प्लेटको गाडी र १२ वटा मोटरसाइकल तोडफोड गरेको रौतहट जिल्ला प्रहरी कार्यालयका डिएसपी विष्णुप्रदीप बस्यालले बताए ।
