मंगलवार, २८ आश्विन, २०८२

रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव भेटियो

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ८ भाद्र, २०८२

रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव भेटियो

२०८२ भदौ ०८, रौतहट । रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव भेटिएको छ । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति शङ्कास्पद सुटकेस फेला परेको प्रहरीले जनाएको छ ।

हत्या गरि सुटकेश भित्र बन्द गरी शनिवार राती करिब ८ बजेको समयमा सडकको पश्चिम किनारमा फालिएको सुटकेश भित्रबाट शब फेला परेको हो । डोरीले बेरिएको सुटकेश लबारिश अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । सुचना पछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएका टोलीले सुट केश भित्र शब रहेको थाहा पाएपछी घटनास्थल रात भरि घेरा हालेर सुरक्षा प्रदान गरेकोमा आइतवार बिहान सुट केश खोल्दा बिबाहित महिलाको शब भेटिएको प्रहरीले जनाएको छ । 

गुलाबी रंगको कुर्ता सुरुवाल लगाएकी महिलाको उमेर करिब ३५ वर्षको रहेको अनुमान गरिएको छ । सुटकेश भित्र राखिएको महिलाको टाउकोमा गहिरो चोट देखिएको घटना स्थलमा पुगेका प्रहरी अधिकारीले जनाएको छ ।

केही कागजात पनि भेटिएको छ भने महिलाको सुरुवालको खल्ती बाट केहि नगद रुपैया पनि भेटिएको प्रहरीले जनाएको छ । बेवारिश अवस्थामा भेटिएको महिलाको शब पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भै रहेको नायव प्रहरी उपरिक्षक राजु कार्कीले जनाएका छन् ।

advertisement_1676553908.gif