बिहीबार, २८ फाल्गुन, २०८२

सुनसरी सीमाक्षेत्रमा गोली चल्दा एक जनाको मृत्यु, घटनास्थलमा प्रदर्शन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १७ पुष, २०८२

सुनसरी सीमाक्षेत्रमा गोली चल्दा एक जनाको मृत्यु, घटनास्थलमा प्रदर्शन

०८२ पुष १७, सुनसरी । सुनसरीको सीमाक्षेत्रमा भएको गोलीकाण्डमा कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको छ । घटना सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार नेपाल–भारत सीमा नजिकैको घटनास्थलमा सिटी सफारीमार्फत सामान ल्याउने क्रममा चालकलाई लक्षित गरी गोली चलाइएको देखिएको छ ।

घटनास्थलमा गोलीको खोका फेला परेको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयबासी र घाइतेका परिवारले प्रदर्शन सुरु गरेका छन् । प्रारम्भिक रिपोर्ट अनुसार गोली सशस्त्र प्रहरीकाबाट चलेको आशंका गरिएको छ ।

प्रहरीले घटनास्थलको नियन्त्रण कायम गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ ।

advertisement_1676998982.gif