बिहीबार, ३१ बैशाख, २०८३

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ५ चैत्र, २०८२

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

२०८२ चैैैत्र ५, सर्लाही । सर्लाहीकाे सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

मलङ्गवा नगरपालिका–२ स्थित नासी पोखरीमा डुबेर ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । स्थानीय समेतको सहयोगमा माछा मार्ने जाल हानेर युवकको शव निकालिएको उनले बताए ।

स्थानीयले युवकलाई पोखरीमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्दा फेला नपरेपछि अन्तिममा स्थानीयसमेतको सहयोगमा जाल हानेर उनको शव निकालिएको हो ।

advertisement_1676551537.gif