बिहीबार, २८ फाल्गुन, २०८२

वीरगञ्जमा कर्फ्यु आदेश जारी

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २१ पुष, २०८२

वीरगञ्जमा कर्फ्यु आदेश जारी

२०८२ पुष २१, काठमाडौं । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको छ ।

सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगञ्जका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

उनले दुई समुदायबीच हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर शान्ति सुरक्षा कायम राख्न कर्फ्यू आदेश जारी गरिएको बताए । “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यूआदेश जारी गरिएको छ”, उनले भने ।

स्थानीय प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउसचोक र दक्षिणमा शङ्कराचार्यगेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने जनाएको छ ।

प्रजिअ दाहालले कफ्र्यूको बेलामा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कनको लागि अनुरोध गरे । कर्फ्यू आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ ।

प्रशासनले आज दिउँसो १ः०० बजेदेखि दिउँसो १ः०० बजेदेखि अर्को आदेश नभएसम्म वीरगञ्जमहानगर क्षेत्रमा चार किल्ला तोकेर कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो ।

advertisement_1676553851.gif