राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ११ फाल्गुन, २०८१
११ फागुन, ताप्लेजुङ । पाथीभरामा केबलकार बनाउने विषयको विवाद र झडप चर्किएपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
पाथीभरा मुक्कुमलुङ क्षेत्रमा केबलकार बनाउन नहुने माग राख्दै आएको समूहले गृह मन्त्रालयको वार्ता समितिलाई अवज्ञा गर्दै आएकोमा उक्त समूहबाट हुने प्रदर्शनलाई लक्षित गर्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जारी गरेको आदेशअनुसार, भोली मिति २०८१ फागुन ११ गते बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लागू रहनेछ । निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर सभा, जुलुस, प्रदर्शन वा घेराउ गर्न नपाइने आदेशमा उल्लेख छ ।