राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १८ कार्तिक, २०८०
काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको छ।
‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।
भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त थालेेको छ।
समाचार तयार गर्दै गर्दा केहीबेर अघि गएको भुकम्पकमा परि जाजरकोटको नलगाड नगरपालिकाकी उप प्रमुख सरिता सिंह गम्भिर घाईते भएकी छन्। उनी जाजरकोटको सदरमुकाम खलंगामा रहेको अवस्थामा भुकम्पको कारण भत्केको संरचनामा च्यापिएकी हुन्।गम्भिर घाईते उप प्रमुख सिंहको सदरमुकाम खलंगामा उपचार भई रहेको छ।
नलगाड गाउपालिका वडा नं २ का वडा अध्यक्ष पुर्ण बहादुर खत्रीका अनुसार उनी भुकम्पले भत्केको संरचनामा परि गम्भिर घाईते भएकी हुन्।
यता नगलगाड नगरपालिका(४ वडाध्यक्ष बद्री पन्तका अनुसार अहिलेसम्म वडा नं ४ मा २४ भन्दा बढी घर भत्किएका छन्।