राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २० कार्तिक, २०८०
काठमाडौं, । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्रको अवलोकनामा जाने भएका छन् । युरोप भ्रमणको कार्यक्रम स्थगित गरेर राष्ट्रपति पौडेले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका हुन् ।
शुक्रवार राति जाजरकोटमा गएको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा त्यहाँको अवस्था बुझ्न जान लागेका हुन् ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएपछि उनले युरोप भ्रमण स्थगित गरेका हुन् ।