राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १८ कार्तिक, २०८०
जाजरकोट। जाजरकोटमा केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।त्यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ भन्दा बढी घाइते भएका छन् ।
धेरै घाइते भएका र उद्धारको काम भैरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् । यस्तै, भूकम्पका कारण रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ । ५३ जना घाइते भएका छन् ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले रातिदेखि नै खोज तथा उद्धारको काम भैरहेको जानकारी दिनुभयो ।
अहिले घाइतेहरुलाई अस्पताल पठाउने र प्रभावित क्षेत्रमा प्रहरी तथा स्वास्थ्यकर्मी पठाउने काम पनि भैरहेको उहाँको भनाइ छ । कतिपय ठाउँमा भूकम्पपछि पहिरो जाँदा सडक अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको छ । सडक पन्छाउने काम भैरहेको डीआईजी ढकालले जानकारी दिनुभयो।
यता जाजारकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । उपप्रमुख सुतेको घर भूकम्पले भत्कदा च्यापिएर उपप्रमुख सिंहको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
हालसम्म जाजारकोटमा १० जनाको मृत्यु भइसकेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकामा २ जना, नलगाढ नगरपालिकामा ४ जना, कुशे गाउँपालिकामा ४ जना गरी १० जनाको मृत्यु भएको छ ।
मध्यराती भूकम्प आएका कारण विवरण संकलनमा भने समस्या भइरहेको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएका कारण क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।