राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १७ चैत्र, २०८०
काठमाडौं । काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा खसेर मत्यु भएको मृतक पाँचै जनाको पहिचान भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौंबाट बुबाको दाहसंस्कार गरी गोरखा फर्कदै गर्दा ट्याक्सी त्रिशूलीमा खस्दा मृत्यु भएक थियो।
प्रहरीका अनुसार मृत्यु हुनेमा गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् ।
त्यस्तै १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा बपेता छन भने उनीहरु एकै परिवारका भएको खुलेको छ ।