राष्ट्रिय सन्देश संबाददाता, १९ घण्टा पहिले
२०८२ पुष १०, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा आफू उम्मेद्वार नहुने घोषणा गरेका छन् ।
आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले आफू आगामी निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराएका हुन् ।
यद्धपी शर्माको नाम झापा–१ बाट सर्वसम्मत् रुपमा सिफारिश भएको छ । शर्माले आफूले अघिल्लो निर्वाचनमा नै ०८४ को निर्वाचनमा नलड्ने घोषणा गरेको स्मरण गराउँदै अब नयाँलाई अवसर दिने बताएका छन् ।
बैठकमा उनले लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराए ।