मंगलवार, १६ असार, २०८३

डिजिटल सरुवा प्रणाली लागू गर्दै भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालय

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

डिजिटल सरुवा प्रणाली लागू गर्दै भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालय

२०८३ असार १६, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्णरूपमा पारदर्शी, व्यवस्थित र छिटोछरितो बनाउन 'डिजिटल सरुवा प्रणाली' कार्यान्वयनमा ल्याएको छ ।

कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुने यस प्रणालीमा व्यक्तिगत तथा सेवासम्बन्धी विवरणहरू एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत स्वतः अद्यावधिक हुनेछन् । आवेदनहरूको सहज पहिचानका लागि फ्ल्यागिङ प्रणाली र सरुवाको अवस्था बुझ्न प्रोसेस ट्र्याकिङको व्यवस्था गरिएको यस प्रणालीमा सरुवा पत्रहरू समेत स्वचालित रूपमा तयार हुनेछन् भने निर्णय भएको २४ घण्टाभित्र वेबसाइटमा स्वतः सार्वजनिक गरिनेछ ।

भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले कर्मचारी प्रशासनलाई प्रविधिमैत्री र उत्तरदायी बनाउने सरकारको नीतिअनुरूप यो प्रणाली ल्याइएको बताउँदै यसबाट सरुवामा हुने ढिलाइ घट्ने र पारदर्शिता बढ्ने विश्वास व्यक्त गरेकी छन् ।

advertisement_1676553908.gif