शनिबार, २१ मंसिर, २०८२

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, २३ घण्टा पहिले

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

२०८२ मंसिर १९, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच महाराजगञ्जमा भेटवार्ता भएको छ ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि पहिलो पटक दुई ठूला दलका शीर्ष नेताबीच संवाद भएको हो ।

आज शुक्रबार ओली र देउवाबीच महाराजगन्जस्थित देउवा निवासमा भेटवार्ता भएको हो । जेनजी आन्दोलनपछि देउवा र ओलीबीच पहिलो भेटवार्ता भएको हो ।

दुवै नेताबीच आगामी निर्वाचनबारे छलफल भएको बताइएको छ ।

advertisement_1676998982.gif