सोमबार, १ मंसिर, २०८३

एमाले अध्यक्ष ओलीद्वारा छठ पर्वको शुभकामना, छठले सामाजिक एकता र सांस्कृतिक सहिष्णुताको गहिरो सन्देश प्रवाह गर्ने विश्‍वास

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

एमाले अध्यक्ष ओलीद्वारा छठ पर्वको शुभकामना, छठले सामाजिक एकता र सांस्कृतिक सहिष्णुताको गहिरो सन्देश प्रवाह गर्ने विश्‍वास

२०८३ कार्तिक २९ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृति र आस्थाको महान् पर्व छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र पारिवारिक कल्याणको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

छठ पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले प्रकृतिका स्रोतहरूप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था अभिव्यक्त गर्ने यस पर्वले समाजमा आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक सहिष्णुताको गहिरो सन्देश प्रवाह गर्ने बताएका छन् ।

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दा प्रकृतिप्रतिको कृतज्ञताको भावना अझ प्रगाढ हुने र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा जीवनमा नयाँ आशा, उत्साह र ऊर्जाको सञ्चार हुने उनले सन्देशमा उल्लेख गरेका छन् ।

advertisement_1676551646.gif