सोमबार, १८ श्रावण, २०८३

फेरी पक्राउ परे दुर्गा प्रसाईं

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

फेरी पक्राउ परे दुर्गा प्रसाईं

२०८३ साउन १७, काठमाडौँ । दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले जरुरी पक्राउ पुर्जी जारी गर्दै उनलाई नियन्त्रणमा लिएको हो।

उनलाई शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा भक्तपुर प्रहरीले प्र्रसाईलाई निवासबाटै पक्राउ गरिएको बताइएको छ। 

प्रहरी स्रोतका अनुसार केही बेरअघि मात्रै उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो । प्रसाईले  आइतबार दिउँसो पत्रकार सम्मेलन गरी उनले हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए।

advertisement_1676551537.gif