शुक्रबार, ११ बैशाख, २०८३

हङकङका महावाणिज्यदूत लेखकलाई सरकारले बोलायो फिर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

हङकङका महावाणिज्यदूत लेखकलाई सरकारले बोलायो फिर्ता

२०८३ बैशाख ११, काठमाडौं । सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महावाणिज्यदूत डा. लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउनेगरी उनलाई फिर्ता बोलाउने निर्णय भएको पनि जानकारी दिए ।

advertisement_1676553851.gif