राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ बैशाख ०३, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता र १५ औं महाधिवेशनको कार्यतालिकालाई लिएर दायर गरिएको रिटमा सर्वोच्च अदालतमा बिहीबार पनि बहस जारी रह्यो।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको बहस नसकिएपछि उक्त मुद्दालाई 'हेर्दाहेर्दै' मा राखिएको छ।निर्वाचन आयोगको निर्णयविरुद्ध सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले सर्वोच्चमा दुईवटा छुट्टाछुट्टै निवेदन दर्ता गरेको थियो।
सर्वोच्च प्रशासनका अनुसार दुवै रिटमाथिको सुनुवाइ नसकिएकाले आगामी इजलासमा यसलाई निरन्तरता दिइनेछ।विवादको मुख्य जड निर्वाचन आयोगले माघ २ गते गरेको निर्णय हो, जसमा गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरिएको थियो।
देउवा पक्षले उक्त निर्णयलाई संविधान, प्रचलित कानुन र पार्टीको आफ्नै विधानविपरीत रहेको दाबी गर्दै बदर गर्न माग गरेको छ।निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई दिएको आधिकारिकता खारेज हुनुपर्ने।
विवादको अन्तिम टुंगो नलागेसम्म १५ औं महाधिवेशनको कुनै पनि कार्यतालिका कार्यान्वयन नगर्न माग गरिएको छ।गत २६ चैतमा महाधिवेशनको कार्यसूची रोक्न माग गर्दै दोस्रो रिट दायरगरिएको थियो।निर्वाचन आयोग,गगन कुमार थापा र विश्वप्रकाश शर्मा लाई विपक्षी बनाइएको छ।विशेष महाधिवेशनबाट निर्वाचित भएको भनिएको गगन थापाको अध्यक्षतामा प्रचारित नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति।
गगन थापा पक्षले १५ औं महाधिवेशनको तयारी तीव्रताका साथ अघि बढाएपछि देउवा पक्षले त्यसलाई तत्काल रोक्नुपर्ने जिकिर गर्दै कानुनी उपचार खोजेको हो।