सोमबार, १५ भाद्र, २०८३

कांग्रेस संसदीय दलको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८३ भदौ १५ काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।

काँग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । बैठकमा वर्तमान राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा गहन छलफल हुनेछ। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी संसदीय रणनीति तय गर्न यो बैठक बोलाइएको हो।

साथै, प्राकृतिक विपद्का घटनाहरू र जनताका तत्कालीन समस्याका विषयमा समेत बैठकमा समीक्षा हुने जनाइएको छ।

advertisement_1676553908.gif