बुधबार, २१ आश्विन, २०८३

मेडिकल व्यवसायी दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

मेडिकल व्यवसायी दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

२०८३ असोज २० काठमाडौँ ।विद्युतीय कारोबारसम्बन्धी (साइबर अपराध) मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको एकल इजलासले आज प्रसाईंलाई रु दुई लाख धरौटी बुझाएर तारिखमा छाड्न आदेश जारी गरेको हो। प्राप्त जानकारी अनुसार इजलासबाट धरौटी माग गर्ने आदेश भएसँगै आवश्यक कानुनी प्रक्रिया पूरा गरी उहाँलाई रिहा गर्न लागिएको हो।

सामाजिक सञ्जालमार्फत विद्युतीय कारोबार ऐनविपरीत अभिव्यक्ति दिएको र आपत्तिजनक सामग्री सम्प्रेषण गरेको अभियोगमा प्रसाईंलाई गत असोज १२ गते भक्तपुरस्थित उनकै  निवासबाट पक्राउ परेका थिए।

प्रहरीले हिरासतमा राखेर अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता गराएको थियो। सोही मुद्दामाथि आज भएको थुनाछेक बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा नराखी धरौटीमा छाड्ने आदेश दिएको हो।

advertisement_1676553851.gif