राष्ट्रिय सन्देश संबाददाता, १० घण्टा पहिले
२०८२ कार्तिक ५, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रमाथि चुनौती खडा गरिएको भन्दै सामना गर्नुपर्ने बताएका छन् ।
बुधबार नेपाल संवत्को शुभकामना दिँदै ओलीले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली नै हाम्रो शक्ति भएको बताएका छन् ।
ओलीले विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदल्दै सद्भावको सुगन्ध फैलाउनुपर्नेमा जोड दिएका छन् ।
‘आज नेपाल संवत् ११४६ को पहिलो दिन, अर्थात् नयाँ वर्षारम्भ। हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ’, अध्यक्ष ओलीले भनेका छन्, ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली- हाम्रो शक्ति हो । राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं। सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको कामना, नेपाल संवत् ११४६ को हार्दिक शुभकामना !’