मंगलवार, ३ मंसिर, २०८२

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

२०८२ मंसिर २, काठमाडौँ । राष्ट्र, राष्ट्रियता तथा धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्सिर ७ गतेदेखि आन्दोलन थालनी गर्ने घोषणा गरिसक्नुभएका प्रसाईंलाई प्रहरी टोलीले मध्यरातमा भक्तपुरस्थित उहाँको निवासबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरी अहिले भद्रकालीस्थित प्रहरी परिसरमा राखेको जनाएको छ । प्रसाईंले हालै दिएको अभिव्यक्ति कतिपयले भड्काउने प्रकृतिको रहेको तथा त्यसले हिंसा उत्पन्न हुन सक्ने सम्भावना देखिएकाले समातिएको बताइएको छ । उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्दै यातायातसहित सबै क्षेत्र अवरुद्ध गर्ने दाबी गर्दै आएका थिए ।

प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’का नाममा मंसिर ७ गते काठमाडौंंमा शक्ति प्रदर्शन गर्ने भनिएको थियो । फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम, युट्युब, टिकटकलगायत प्रसाईंंका समर्थकहरूले मंसिर ७ गते काठमाडौं पुगेर प्रदर्शनमा सहभागी हुन आग्रह गरिरहेका थिए ।

प्रसाईंले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै डेढ लाख बढी मानिस काठमाडौंमा उतार्ने बताएका थिए । यनले बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट चर्को कर असुलिरहेको भन्दै ऋण मिनाहाको अर्को एजेन्डासहित आन्दोलन गरिरहेका छन् ।

advertisement_1676553908.gif