राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ कार्तिक १७ काठमाडौँ । नेपालका लागि युरोपेली संघ (इयु) को प्रतिनिधिमण्डलका नवनियुक्त राजदूत महामहिम चार्ल्स ह्वाइटलीले आज मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नवनियुक्त राजदूत ह्वाइटलीलाई नियुक्ति भएकोमा बधाई ज्ञापन गर्दै उनको नेपाल बसाइ सुखद र कार्यकाल सफल रहोस् भनी शुभकामना व्यक्त गरे ।
सो अवसरमा उनीहरूबिच द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान हुनुका साथै आगामी दिनमा नेपाल र इयुबिचको सम्बन्धलाई अझ सुदृढ बनाउने र सहयोगलाई थप प्रगाढ बनाउँदै लैजाने उपायहरूका बारेमा छलफल भएको थियो ।