बुधबार, २८ फाल्गुन, २०८१

पूर्वराजा ज्ञानेन्द्रका समर्थकहरूले त्रिभुवन विमानस्थलमा गरे भव्य स्वागत

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २५ फाल्गुन, २०८१

पूर्वराजा ज्ञानेन्द्रका समर्थकहरूले त्रिभुवन विमानस्थलमा गरे भव्य स्वागत

२५ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

उनलाई पोखरमा राजावादीहरुले बिदाइ गरेका थिए । पोखरामा पञ्चेबाजासहित ज्ञानेन्द्रलाई बिदाई गरिएको थियो । काठमाडौंमा पूर्वराजालाई भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि समर्थकहरू जम्मा भएका छन् । उनलाई राप्रपा, राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागत गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायतका नेता उनलाई स्वागत गर्न भेला भएका छन् ।

सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले आज विमानस्थलमा टिकट बाहक र कर्मचारी बाहेक अन्यलाई प्रदेश रोक लगाएको छ । सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिदै विमानस्थल परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif