मंगलवार, २८ आश्विन, २०८२

पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २६ आश्विन, २०८२

पूर्वसभामुख एवं  माओवादी नेता  कृष्णबहादुर महरा पक्राउ

२०८२ असोज २६, काठमाडौँ । नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई काठमाडौंबाट पक्राउ गरेको बताइएको छ।

इलेक्ट्रिक सिगरेट (भेप) को आयातका क्रममा भन्सार छलेर अबैध रुपमा सुन ल्याएको तथा सुनबाट आपराधिक लाभ लिएको भन्दै उनलाई पक्राउ गरिएको बताइएको छ । उनीमाथि झन्डै आठ करोड ५५ लाख रुपैयाँबराबरको सुन बेचबिखनमा संलग्न रहेको आरोप लागेको छ।

उनलाई केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो । यस अघि पनि महरा यही  आरोपमा पक्राउ परेका थिए। 

advertisement_1744958411.jpg