बुधबार, १७ बैशाख, २०८२

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १५ बैशाख, २०८२

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

१५ बैशाख २०८२, काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने जानकारी गराउने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवम सुशासन (ब्यावस्थापन र सञ्चालन ) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको बार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७९८०, २०८०८१ पेश गर्नेछ्न् ।

उता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाली नागरिक उडडयन प्राधिकरण, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रबिधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वबिद्यालय बिधेयक, २०८० माथि छलफल गरियोस् र सो बिधेयक पारित गरियोस्’ भन्ने प्रस्ततु गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif