राष्ट्रिय सन्देश संबाददाता, १० घण्टा पहिले
२०८२ मंसिर ८, काठमाडौँ । निर्वाचनमा आयोगमा ६४ दल दर्ता भएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता भएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा दर्ता भएकामध्ये ६१ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिए । हालसम्म आयोगमा दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको छ ।
निर्वाचनमा अधिकतम दलको सहभागीता सुनिश्चित गर्नका लागि आयोगले दल दर्तालाई प्राथमिकता दिएर काम गरिरहेको उनले बताए ।
प्रवक्ता भट्टराईले प्रतिनिधिसभा निर्वाचनको घोषणा भएपछि मंसिर ५ गतेसम्म ८ लाख ३७ हजार जनाले नयाँ मतदाताका लागि निवेदन दिएको जानकारी दिए । प्राप्त भएका निवेदनउपर रुजू गरिसकेपछि फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको मतदाता नामावली प्रकाशित गर्ने उनले बताए ।
प्रकाशित भएको नामावलीमा कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गते सच्चाउन सकिने छ । विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले बताए ।


