बिहीबार, २५ भाद्र, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

२०८३ भदौ २५ काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आउँदो असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालका तर्फबाट सहभागी हुन अमेरिका जाने निर्णय भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्रीको भ्रमण स्वीकृतको निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।

त्यस्तै आजको बैठकले सहसचिवद्वय विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रवक्ता पोखरेलका अनुसार कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी र खत्रीलाई मुख्यमन्त्री तथा मन्त्रिमन्त्रिपरिषद् कार्यालय सुदूरपश्चिममा पदस्थापना गरिएको छ ।

advertisement_1676551694.gif