शुक्रबार, १९ बैशाख, २०८२ 3:53:43 AM

प्रधानमन्त्री ओलीले गरे चितवनको पुल्चोक–गोन्द्राङ ६ लेन सडक खण्डको उद्घाटन

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ५ बैशाख, २०८२

प्रधानमन्त्री ओलीले गरे चितवनको पुल्चोक–गोन्द्राङ ६ लेन सडक खण्डको उद्घाटन

बैशाख ५, २०८२ काठमाण्डाै । चितवनकाे भरतपुर महानगरपालिकाको  शहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ ६ लेन सडक खण्डको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेका छन् ।

पुल्चोकदेखि गोन्द्राङसम्म ६ किलोमिटर दूरीको खण्ड विस्तारको शिलान्यास यसअघि प्रधानमन्त्री हुँदा २०७७ साल माघ १७ गते ओलीले नै गरेका थिए ।

एक अर्ब १३ करोड रुपैयाँको लागतमा सडक विस्तारको काम पूरा भएको हो । आज सडक उद्घाटन कार्यक्रममा पुगेको  प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भरतपुर महानगरकी मेयर रेनु दाहाल विमानस्थलमै पुगेकी थिइन् ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif