राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ साउन २७, काठमाडौँ । जनआस्था साप्ताहिकका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई ललितपुरस्थित घरनजिकै बागडोलबाट नियन्त्रणमा लिएको हो।
स्रोतका अनुसार श्रेष्ठविरुद्ध साइबर अपराधसम्बन्धी केही उजुरी (जाहेरी) परेकाले सोही विषयमा अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । घर नजिकैबाट प्रहरी टोलीले उनलाई लिएर गएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।