मंगलवार, १९ जेष्ठ, २०८३

रास्वपा सभापति लामिछानेले आज भाजपा अध्यक्षसहित उच्च तहका नेताहरूसँग भेटवार्ता गर्दै

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

रास्वपा सभापति लामिछानेले आज भाजपा अध्यक्षसहित उच्च तहका नेताहरूसँग भेटवार्ता गर्दै

२०८३ जेष्ठ १९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने लागेको हो ।

भेटमा दुवै पक्षबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुनेछ ।

सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि हिजो सोमबार भारत प्रस्थान गरेका थिए ।

advertisement_1680627706.gif