राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ कार्तिक ०२ काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्ति पीठको पूजाआराधना एवं दर्शन गरेका छन् ।
राष्ट्रपति पौडेलले आज काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्ति पीठको दर्शन गरी पूजाआराधना गरेका हुन् ।
राष्ट्रपति पौडेलले सो अवसरमा शक्ति पीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गरेका थिए । शक्ति पीठको पूजाआराधना एवं दर्शनका क्रममा राष्ट्रपतिका साथमा प्रथम महिला सविता पौडेल पनि सहभागी भएकी थिइन ।