राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
३ असार २०८२, काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले मंगलबार उनलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
सर्वोच्च अदालतको बन्दीप्रत्यक्षीकरण मुद्दाबाट रिहाइ भएपछि सम्पर्कविहीन भएका भनिएका मिश्र आज अदालतमा हाजिर भएका थिए । उनी अदालतमा हाजिर भएसँगै उनको मुद्दामा थुनछेक बहस भएको थियो। बहसपछि उनलाई धरौटीमा छाड्न आदेश भएको हो ।
यसअघि राप्रपा महामन्त्री धवल शमशेर राणा पनि अदालतको सम्पर्कमा नआए पछि खोजी सुरु भएपछि हिजो अदालतमा उपस्थित भएका थिए । उनीमाथिको थुनछेक बहसपछि हिजो नै ३ लाख धरौटीमा रिहा भइसकेका छन् ।